Thursday, July 2News That Matters

सांसद राईको पहलमा कोरोना अस्पतालाई स्वास्थ्य सामाग्री

पूर्णपुष्टि, जेठ २ गते ।

उदयपुरको प्रतिनिधि सभा सदस्य सांसद सुरेशकुमार राई ‘हिमाल’को पहलमा कोरोना अस्पतालहरु र जिल्ला अस्पताल उदयपुरलाई स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ ।

प्रतिनिधि सभा निर्वाचन क्षेत्र न. २ का सांसद तथा नेकपा १ नं प्रदेश सचिव राईको पहलमा कोशि अस्पताल कोभिड–१९ अस्पताल विराटनगर, विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा, धरान र कोरोना संक्रमणको उच्च जोखिममा रहेको क्षेत्र उदयपुरको जिल्ला अस्पतालको लागी एक हजार पि.पि.ई सेट लगायतका स्वास्थ्य सामाग्री उपलब्ध गराएको हो ।

उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट र उद्योग बाणिज्य तथा आपूर्ति राज्य मन्त्री मोती दुगडले सांसद राईलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नु भएको थियो ।

यस महामारीको बेला अग्रभागमा खट्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र पत्रकारलाई यस स्वास्थ्य सामाग्रीले थप सुरक्षित बनाउने अपेक्षा लिएको सांसद राईले बताउनुभयो ।