Tuesday, June 2News That Matters

सांसदलाई दशैं भत्ता फिर्ता गर्न निर्देशन

पूर्णपुष्टि, कात्तिक ३

दशैं भत्ता फिर्ता गर्न आफ्नो पार्टीका सांसदहरुलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्देशन दिएको छ ।
कांग्रेस संसदीय दलका नेतासमेत रहेका देउवाले संसद सचिवालयले दशैं भत्ता भनेर सांसदहरुको बैंक खातामा पठाइदिएको रकम फिर्ता गर्न निर्देशन दिएको हो ।

यस वर्षको दशैंभत्ता सरकारलाई फिर्ता गर्ने भनेर हामी संसद सदस्यहरुलाई नेपाली कांग्रेस पार्टीको निर्देशन दिएको छ । फिर्ता गरिएको रकम कोभिड नियन्त्रण र जनताको उपचारमा सरकारले खर्च गरोस् भन्ने नेपाली कांग्रेसको आग्रह रहेको छ ।

सरकारले पछिल्लो पटक पीसीआर परीक्षण आफैं गर्न भनेकोमा पनि नेपाली कांग्रेसले विरोध जनाएको छ । जनताको ज्युधनको सुरक्षा गर्ने दायित्व सरकारको हुने भन्दै कांग्रेसले यो दायित्वबाट सरकार पन्छिन नमिल्ने जनाएको छ ।