Monday, April 20News That Matters

सांसदहरूले नीति निर्माणको काम नगरे ढ्यांग्रो ठोक्दै लखेट्छौं : महावीर पुन

पूर्णपुष्टि, बैशाख १६ । राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महावीर पुनले सांसदहरुले अनुसन्धान, नवप्रवर्तन र आविष्कारका निमित्त नीति निर्माणको काम नगरे ढ्यांग्रो ठोक्दै लखेट्ने चेतावनी दिएका छन् । शुक्रबार देखी अनुसन्धान, नवप्रवर्तन र आविष्कारका निमित्त सरकार गम्भिर नभएको भन्दै आन्दोलनमा उत्रिएका पुनले नीति निर्माणको काम नगरे ढ्यांग्रो ठोक्दै लखेट्ने बताएका हुन् ।

पुनले सांसदहरुले खादा, माला र भाषण गर्न, उद्घाटन गर्न समय मिल्ने तर कानुन बनाउन समय नमिल्ने हो भन्ने प्रश्न गर्दै सांसदहरुले कानुन बनाएर देश विकासमा लाग्नुको विकल्प नरहेको बताए । उनले अरू हेर्ने विभाग भए पनि अनुसन्धान आविष्कार नवप्रवर्तन गर्ने विभाग नभएको भन्दै आफ्ना माग पूरा नभएसम्म धर्ना जारी रहने बताए । उनले सबै नेताहरू आफ्नो भाषण सुन्न धर्नास्थल पुग्नुपर्ने र त्यो नसके संसदमा आफूलाई बोल्ने व्यवस्था गरिदिन आग्रह गरे ।

अनुसन्धान आविष्कार नवप्रवद्र्धन गर्ने विभाग खोई ? हाम्रो माग पूरा नभएसम्म हामी धर्ना बस्छौं । यो अनुरोध सबै पार्टीलाई हो ‘उनले भने’ अरु पार्टी पनि आएर मेरो भाषण सुनुन्, की मलाई संसदमा गएर बोल्ने व्यवस्था गरिदिउन् । उनले नेताहरूले बोलेर मात्रै नहुने भन्दै बोलेर कदम चाल्ने नेताको खाँचो रहेको बताउँदै आफ्नो आन्दोलन सबै सानातिना आन्दोलनहरू पूरा गर्नको लागि अर्थतन्त्र सुधार्ने जनआन्दोलन भएको बताए । यो आन्दोलन मनलाग्दी नगरेको र निचोडमा पुगेरै छाड्ने उनले बताए । संसारमा नवप्रवर्तन र आविष्कारको क्षेत्रमा लगानी नगरी अर्थतन्त्र चलायमान बन्न नसक्ने उनको भनाई छ ।