Monday, May 4News That Matters

साइकल चालकलाई मुक्का हान्ने १ जना पक्राउ, २ जना फरार

पूर्णपुष्टि,असार २७ । विराटनगरको दुधफारम नजिकै साइकल चालकलाई कुटपिट गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधवार साइकल चालक पवन साहलाई कुटपिट गरेर सडकमा घिसार्नेमध्येका एक आयुष भेटुवाललाई प्रहरीले पक्राउ गरेको हो ।

बा १५ च ३४४५ नम्बरको कारमा आएका उनीहरूले विपरीत दिशाबाट गुडिरहेको साइकलका चालक साहलाई मुक्का प्रहार गरी लडाएर सडकबाट घिसारेर किनारमा छाडेर हिँडेका थिए । कुटपिटमा संलग्न कुशल भेटुवाल र रोशन कार्की भने फरार छन् ।

पक्राउ परेका भेटुवाललाई प्रहरीले ज्यान मार्ने कसुरमा म्याद थप गरेर अनुसन्धान गरिरहेको छ ।