Wednesday, June 17News That Matters

साइकलमा काठ तस्करी गरी ओसारपसार गर्ने ५ जना पक्राउ

पूर्णपुष्टि, भदौ २२ गते ।
वनजंगलबाट तस्करी गरी ल्याएको काठ साइकलमा हालेर ओसारपसार गर्दै गरेको अवस्थामा पाचँजना पक्राउ परेका छन् ।
इलाम जिल्ला चुलाचुली– ५ निवासी १९ वर्षीय नवीन लिम्बू , चुलाचुली– ३ निवासी २० वर्षीय सुजन श्रेष्ठ, सोही ठाउँका ३० वर्षीय धनपति न्यौपाने, फाकफोकथुम– ३ निवासी २० वर्षीय रमेश लिम्बु र पाँचथर तुममेवा– १ निवासी २२ वर्षीय विवेक लिम्बू रहेको प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक कैलाश अधिकारीले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई बुधबार बिहान ३ बजे दमक नगरपालिका–२ स्थित आम्दा रोडबाट अवैध काठसहित पक्राउ गरेको हो ।
उनीहरूको साथबाट सिसौको जातको गोलिया ५ थान २६.८५ क्युवि र सखुवा जातको चिरान काठ १४ थान ११.९५ क्युवि गरी जम्मा ३८.८० क्युवि काठ र काठ काट्ने औजार समेत फेला परेको प्रहरी निरीक्षक अधिकारीले बताए ।
बरामद गरिएको काठसहित पाँचैजनालाई आवश्यक कारवाहीका लागि सब डिभिजन वन कार्यालय बेलडाँगी दमकमा बुझाइसकेको प्रहरीले जनाएको छ ।