Monday, June 29News That Matters

साउदीबाट असार ७ मा ४४५ जना नेपाल आउने

पूर्णपुष्टि, असार ३ गते । 

आगामी जुन २१ अर्थात आईतबार नेपाल एअरलाइन्सले साउदीको रियादबाट चार्टर्ड उडान भर्ने भएको छ ।

यस उडानमार्फत स्वदेश फर्कने ४४५ जना नेपाली रहेको साउदीमा रहेको नेपाली दूतावासले जनाएको छ । प्राथमिकतामा परेका नेपालीको सूची दूतावासले नेपाल एअरलाइन्सको प्रतिनिधिलाई दिइसकेको जनाएको छ ।

यो उडानमार्फत नेपाल फर्कनेले कोरोना जाँचको प्रमाण साथैमा राख्नुपर्नेछ । तर जहाजको टिकट काटेपछि मात्र कोरोना जाँच गराउन प्राथमिकतामा परेका नेपालीलाई दूतावासले अनुरोध गरेको छ ।

रियादमा आफूलाई पायक पर्ने ठाउँमा गएर पनि कोरोनाको जाँच गर्न सकिन्छ । नजिकको स्थानबाट कोरोना जाँच गराउन समस्या भएमा कृष्ण भूषाललाई ०५९८२५६७१८ मा सम्पर्क गर्न दूतावासले भनेको छ ।

रियादबाट काठमाण्डौ आउनका लागि ४६५ अमेरिकी डलर अर्थात १७४४ साउदी रियाल तोकिएको छ । टिकट कम्पनीले नकाटिदिएमा आफ्नै खर्चमा काट्नु पर्छ । टिकट काट्न नेपाल एअरलाइन्सको आधिकारिक गिफ्ट ट्राभल एण्ड टुर का सुरेशराज त्रिपाठीलाई ००९६६५८०५९६१४० मा सम्पर्क गर्न सकिन्छ ।

फर्कने यात्रु चार घण्टाअघि नै विमानस्थल पुग्नु पर्ने र कोरोना संक्रमण जोखिम कम हुने सबै सुरक्षाका उपायहरु अपनाउनु पर्नेछ ।