Friday, May 22News That Matters

साउनेको एक घरमा आगलागी, करिव १५ लाख बराबरको क्षति

पूर्णपुष्टि,वैशाख ९ । त्रियुगा नगरपालिका वडा नम्बर १४, साउनेको रातमाटेमा अवस्थित एक घरमा आगलागी भएको छ । स्थानीय समिल माझीको घरमा आगलागी हुँदा लत्ताकपडा खाद्यान्न गरी करिव १५ लाख बराबरको क्षति भएको टोल विकास संस्थाका अध्यक्ष भानु नारायण श्रेष्ठले बताउनुभएको छ ।

अध्यक्ष श्रेष्ठका अनुसार आज शनिवार दिउँसोको करिव ४ बजे देखि माझीको घरमा आगलागी हुन सुरुभएको हो । उक्त घर काठै काठले निर्माण भएको घर पूर्णरुपले क्षेती भएको हुँदा आगो नियन्त्रण गर्न मुस्किल भएको उहाँले बताउनुभयो । आगलागीमा परी घर भित्र रहेका खाद्यन्न सामाग्री लत्ताकपडा साथै नगद १५ हजार रकम सहित जलेर नष्ट भएको छ ।

काठको प्रयोगमा बनेको घर भित्र खयार जस्ता बस्तुहरु समेत राखेको रहेको बताइएको छ । करिव दिउँसोका ४ बजेबाट सुरु भएको आगलागी स्थानीयहरुको रोहवरमा नियन्त्रण कार्य जारी छ । तसर्थ घर देखि पानी ल्याउँन टाढा जानु परेकाले अझै सम्म पनि आगो नियन्त्रणमा आउँन सकेको छैन । यस विषयमा थप जानकारी आउँन बाकी छ ।