Tuesday, April 21News That Matters

साउनको पहिलो सोमबार ढिम्किको इन्द्रेश्वर महादेव मन्दिरमा भक्तजनको घुइँचो

पूर्णपुष्टि, असार ५ । आज साउन महिनाको पहिलो सोमबारको अवसरमा उदयपुरको त्रियुगा नगरपालिका–११ ढिम्कि स्थित इन्द्रेश्वर महादेव मन्दिरमा बिहानै देखी भक्तजनको घुइँचो लागेको छ ।

साउन महिनाको सोमबार भगवान शिवको विशेष दिन मानिन्त त्यसकारण व्रतालुहरु यस दिन शिव मन्दिरमा गई पुजाआजा गर्ने गर्छन् । पहिलो सोमबार उदयपुरका शिवालयहरूमा पूजाआजा, अभिषेक र दर्शनका लागि श्रद्धालुहरूको उल्लेखनीय भीड लागेको हो । त्रियुगा बसपार्कस्थित शान्तिधाममा समेत भक्तजनहरूको उल्लेखनीय उपस्थिति देखिएको छ । शिवभक्तहरूले जल, दूध, दही, बेलपत्र, धतुरो, लगायत सामग्री अर्पण गर्दै पुजा गरेका छन् ।

भक्तजनहरुका लागी झीगु नेवाः पुचः गाईघाट ले विगत वर्षहरू झैँ यसपटक पनि निःशुल्क पिउने पानीको व्यवस्था गरेको छ । घाम र गर्मीले भक्तजनलाई असहज नहोस् भनेर पानी वितरण गरिएको संस्थाका सचिब गोपाल श्रेष्ठले बताएका छन् ।