
मंसिर १४ गते ।
आज १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत महिला भलिबलतर्फ सेमिफाइनलका खेल हुँदैछ । सेमिफाइनलमा नेपाली महिला टिमले श्रीलंकासँग प्रतिस्पर्धा गर्ने भएको छ भने नेपाल र श्रीलंकाबीचको खेल साँझ पाँच बजेबाट सुरु हुनेछ ।
नेपालले श्रीलंकालाई पराजित गर्न सके भलिबलको इतिहासमा सबैभन्दा ठूलो सफलता हात पार्नेछ । नेपालले अहिलेसम्म साग खेलकुदको महिला भलिबलमा कास्य पदक भन्दा ठूलो सफलता हात पार्न सकेको छैन ।
समूह चरणको खेलमा नेपालले बंगलादेशलाई हराएको थियो भने भारतसँग सोझो सेटमा पराजित भएको थियो । आज हुने पहिलो सेमिफाइनलमा भारत र माल्दिभ्स खेल्दैछन् ।
