
पूर्णपुष्टि, चैत ८ ।
काठमाडौंबाट प्रहरीले ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–१६ बस्ने ५४ वर्षीया बिमला श्रेष्ठलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।
प्रहरीले श्रेष्ठलाई सोमबार काठमाडौं महानगरपालिका–१६ बालाजुबाट पक्राउ गरको हो ।
श्रेष्ठले पीडितको जग्गा प्लटिङ गरेर बिक्री गरेर आएको २ करोड ५६ लाख रुपैयाँ नदिई फरार रहेको प्रहरी उपरीक्षक मैनालीले बताए ।
श्रेष्ठले उक्त जग्गा बेचेर प्रतिफल बाँडफाँट गर्ने भनी विश्वास दिएकी थिइन् । श्रेष्ठले पीडितलाई झुक्यानमा पारेर ठगी गरेको आरोप छ । पीडितले श्रेष्ठविरूद्ध जिल्ला प्रहरी कार्यालय नवलपरासीमा जाहेरी दिएकी थिइन् ।
श्रेष्ठमाथि आवश्यक अनुसन्धान तथा थप कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय नवलपरासी पठाएको जनाइएको छ ।
