
पूर्णपुष्टि, २६ मंसिर ।
त्रियुगा नगरपालिका ९ का सामाजिक तथा राजनितिक व्यक्ति मिश्रलाल सदा सहित ५ जना बिभिन्न पार्टी परित्याग गरी माओवादी प्रवेश गरेको छ । जनता सँग माओवादी बिषेश रुपान्तरण अभियान अन्तरर्गत सदा सहित ५ जना पार्टी प्रवेश गरेको हो । सदा सँगै झाक्रिमान दनुवार राप्रपाबाट, मंगल सदा, कसुमलाल सदा र मानबहादुर कटुवाल एमाले बाट माओवादीमा प्रवेश गरेको हो ।
अखिल नेपाल किसान माहासंघको अधिवेशनको क्रममा उनिहरुलाई पार्टी प्रवेश गराईएको हो । उनिहरुलाई पार्टीका केन्द्रीय सदस्य केपी बराल लगायतले पार्टीमा स्वागत गरेका थिए ।
