
गाईघाट÷पूर्णपुष्टि, माघ १३ ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को तर्फ बाट उदयपुरको क्षेत्र नं. १ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका बलदेव चौधरीले सामाजिक संञ्जालमा आफ्नो बारेमा भ्रम फैलाएको भन्दै पत्रकार सम्मेलन गरेका छन् ।
मंगलबार त्रि.न.पा. १२ स्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै मोटिभेट न्युज र हाम्रो उदयपुरले फेसबुक रिललगायतका सामाजिक संञ्जाल बाट तथ्यहीन भ्रामक तथा मन गणन्ते सामग्री उत्पादन तथा सार्वजनिक गरी मतदाता भ्रमित गर्ने जनमतलाई प्रभावित पार्ने र आफ्नो उम्मेदवारी विरुद्ध गलत प्रचार गर्ने कार्य गरेको प्रति गम्भीर ध्यान आकर्षण भएको बताएका छन् ।
निर्वाचन लोकतन्त्रको महत्वपूर्ण आधार होे । यस्तो संवेदनशील समयमा जिम्मेवार नागरिक र सञ्चार माध्यमले सत्य, तथ्य र मर्यादित अभिव्यक्ति अपनाउनु पर्नेमा उल्टै भ्रम फैलाउने, तरित्रहत्या गर्ने र जनमतलाई गलत दिशामा लैजाने कार्य लोकतान्त्रिक मूल्य मान्यताको विरुद्ध रहेको उनले बताए ।
मेरो उम्मेदवारीलाई लक्षित गरी आधारहीन आरोप कानुनी तथा संवैधानिक व्यवस्थाको गलत व्याख्या र जनतालाई बहकाउने उद्देश्यले प्रस्तुत गरिएको सूचना पूर्ण असत्य रहेको उनको भनाई छ । उनले यस गैर जिम्मेवार कार्यप्रति गहिरो खेद प्रकट गर्दै यस्ता भ्रामक सामग्री तत्काल हटाई सार्वजनिक रुपमा स्पष्टिकरण तथा क्षमायाचना गर्न आग्रह गरे । साथै आगामी दिनमा यस्ता कार्य दोहोरिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएका छन् । सम्पूर्ण मतदाता शुभेच्छुक तथा आम नागरिकहरूलाई भ्रममा नपरि सत्य तथ्य र आधिकारिक स्रोतमा आधारित सूचनामा मात्र विश्वास गर्न अपिल गरेका छन् ।
