Tuesday, May 5News That Matters

सामान्य पानीले भत्कायो रेलवेको पर्खाल

साउन २३ गते ।

भारतीय ठेकेदार कम्पनीले निर्माण गरेको निर्माणाधीन रेलवे परियोजनाको पर्खाल भत्किएको छ । निर्माणाधिन परियोजना अन्तर्गत विराटनगर कस्टम यार्डमा बनाइएको २ सय मिटर पर्खाल वर्षाले भत्किएको हो ।

विराटनगर बथनाह रेल्वेलाइन भारतीय इरकोण कम्पनीले निर्माण गरेको थियो । भारत सरकारको लगानी रहेको परियोजनामा ठेकदारको लाप्रवाहीले सामान्य वर्षाले पर्खाल भत्किएको छ ।

गत बैशखाको असिना पानीले नै एक सय ५० मिटर कस्टम यार्डको नाला भासिदा पर्खालमा क्षति पुगेको थियो । भासिएका नाला पूनर्निर्माण गरेपनि साउन पहिलो साता परेको पानीले कस्टम यार्डको उत्तरपटी ५० मिटर र दक्षिण पटी १ सय ५० मिटर पर्खाल भत्किएको हो ।

भारतको बथनाहदेखि नेपालको कटहरी गाउँपालिकासम्म रेल्वेलाइन निर्माण गर्ने इरकोण इन्टरनेशनल लिमिटेडले ठेक्का लिएको थियो । यस कम्पनीले नेपालका दुई ठाउँमा कस्टम यार्ड बनाउने जिम्मेवारी पाएको छ । भारतीय सीमा नाकादेखि तीन किलोमिटर उत्तरतर्फ निर्माण भएको नेपाल कस्टम यार्डका करिब आठसय मिटर पर्खाल निर्माण भएको छ ।

रेल्वे लिकको पूर्वतर्फ निर्माण गरिएको पर्खालको दुई सय मिटर लम्बाई पानीले जग नै तत्काएको छ । माटो भरेर उच्च बनाइएको ठाउँमा जग नखनी पर्खाल लगाईएको थियो । उक्त कम्पनीले निर्माण गरेका अन्य ठाउँमा पनि पर्खाल धराप रहेको छ ।

भारत बथनाहादेखि विराटनगर कस्टम यार्डसम्म रेलको इन्जिन परीक्षण गरिएको क्षेत्रमा एकसय ८० मिटर ढल नाला भासिएको थियो । ठूलो वर्षाले माटो बगाएका कारण पर्खाल भत्किएको ठेकदार कम्पनीले बताउँदै आएका छन् ।