Wednesday, May 13News That Matters

सामुदायिक वनमा वनफल टिप्न रुख चढेका बालकको लडेर मृत्यु

काठमाण्डौँ, जेष्ठ २१

धनगढी उपमहानगरपालिका–७ देवरिया सामुदायिक वनमा रुखबाट लडेर एक जना बालकको आज मृत्यु भएको छ । सामुदायिक वनमा वनफल (कुसुम) टिप्न रुख चढेका सोही ठाउँका श्यामलाल चौधरीका १४ वर्षीय छोरा विवेक चौधरीको रुखबाट लडेर मृत्यु जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिनुभयो ।

रुखबाट लडेर घाइते भएका चौधरीको धनगढीस्थित नवजीवन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रानउ जोशीले बताउनुभयो । यस्तै मृतक चौधरीसँगै लडेर घाइते भएका १८ वर्षीय भाष्कर जोशीको धनगढीस्थित नवजीवन अस्पतालमा उपचार भइरहेको जनाइएको छ । (रासस)