
पूर्णपुष्टि, बैशाख २ गते ।
उदयपुरको सामुदायिक वनहरुले पनि आफ्ना उपभोक्ताहरुलाई भोकमरीबाट जोगाउन राहतको रुपमा खाद्यन्न वितरण थालेको छ ।
स्थानीय सरकार, वन कार्यालय, सामुदायिक वन उपभोक्ता महासंघसंग समन्वय गरी उपभोक्ताहरुलाई खाद्यन्न वितरण गरेको हो ।
त्रियुगा नगरपालिका ७ कौवाईस्थित कौवाई सामुदायिक वन उपभोक्ता समुह र पश्चिम खहरे सामुदयिक वन उपभोक्ता समुहले आज ाप्mनो विपन्न वर्गका १ सय ९९ सय परिवारलाई राहत वितरण गर्यो । चामल, दाल, नुन र तेल वितरण गरेको हो ।
बन समुहमा बनको आम्दानी रकम मध्येको गरीवी निवारण, बन संरक्षण जस्ता शिर्षकमा छुट्याएको रकमबाट राहत वितरण गरेको कौर्वाइ सवउसका सचिव राजकुमार कार्कीले बताए ।
लामो लकडाउनले खाद्यन्न संकट भोग्न थालेको उपभोक्ताहरुले राहत पाउदा खाध्य अभाव टरेको बताएका छन् । घरदेखि बाहिर निस्कन नपाएको अवस्थामा घरघरमै रासन पाउदा सुरक्षित संगै खाने व्यवस्था भएको उनीहरुले बताएका छन् ।
जनप्रतिनिधि, वन कार्यालय, बन महासंघका प्रत्यक्ष निगरानीमा समुहले राहत वितरण गरेको सामुदायिक वन उपभोक्ता समूह महासंघ उदयपुरका अध्यक्ष कुशलबाबु बस्नेतले बताए ।
जिल्लाका अन्य समुहहरुले पनि खाद्यन्न वितरण गर्दैरहेको छ भने बाँकीरहेकाहरुले पनि वितरण गर्ने तयारी छ ।
बन समुहले उपभोक्तालाई खाद्यन्न वितरण गरेपछि नगरपालिकाको राहत वितरणमा थप टेवा पुगेको त्रियुगा नगरपालिकाका मयेर बलदेव चौधरीले बताए ।
अहिलेको विशेष परिस्थितिमा बन समुहले खाद्यन्न वितरण गर्नु समुहको आम्दानीको रकम सदुपयोग भएको डिभिजन वन कार्यालय गाईघाट उदयपुरका प्रमुख अम्विकाप्रसाद पौडेलले बताए ।
