Sunday, July 5News That Matters

सारुक ताम्राकारको मोबाइलमा फेला पर्यो ‘सुसाइड नोट’

पूर्णपुष्टि, १४ साउन ।
केही समय अघि मृत फेला परेका अभिनेता सारुक ताम्राकारको मोबाइलमा ‘सुसाइड नोट’ भेटिएको छ । ताम्राकारको मोबाइल परीक्षण गर्दा उक्त नोट फेला परेको प्रहरीले जनाएको छ ।

ताम्राकारको मोबाइल परीक्षणका लागि प्रहरी प्रधान कार्यालय स्थित डिजिटल फरेन्सिक ल्याबमा पठाएको थियो । ‘फरेन्सिक ल्याबबाट रिपोर्ट आएको छ’ ‘ल्याबको रिपोर्टको आधारमा थप अनुसन्धान गर्दैछौँ।’ जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दान बहादुर कार्कीले भने,।

राति ११ बजे खानेपानीको पाइपमा झुुन्डिएको अवस्थामा उनी भेटिएका थिए । विवाहमा गएर फर्केका परिवारका सदस्यहरूले ढोका खोल्न आग्रह गर्दा ढोका नखुलेपछि करिब ३ घण्टापछि स्थानीयको सहयोगमा परिवारका सदस्यहरू भित्र पसे । घरभित्र सारुक मृत देखेपछि परिवारले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी घटनास्थलमा पुग्दा उनको मोबाइलमा गीत बजिरहेको थियो । घटनास्थलमा पुगेका एक जना प्रहरी अधिकृत भन्छन्, ‘युट्युवमा गीत बजिरहेको थियो ।’

धेरैको आशंका छ–‘सारुकलाई मृत्युको बाटो रोज्न बाध्य बनाइएको त थिएन रु’ तर, प्रहरीले मोबाइल बाहेक घटनास्थलमा ‘दुरुत्साहन’का लागि प्रमाण लाग्ने ‘सुुसाइड नोट’ लगायतका दशी फेला थिएन ।

डिजिटल फरेन्सिक ल्याबमा प्राविधिक जनशक्ति थोरै भएको हुनाले फरेन्सिक जाँच रिपोर्ट ढिला आएको प्रहरीको भनाइ छ । मोबाइलको रिपोर्टको आधारमा फोन सम्पर्क र म्यासेज विश्लेषण गरेर उनीविरुद्ध दुरुत्साहन भएको थियो कि थिएन भन्नेबारे ‘विश्लेषण’ गरिने अनुसन्धानमा संलग्न एक जना अधिकृतले बताए ।