
पूर्णपुष्टि, असोज २७
सरकारले सार्वजनिक गाडीका सबै सिटमा यात्रु चढाउन दिने निर्णय गरेको छ ।
सरकारले आजदेखि सार्वजनिक गाडीका सबै सिटमा यात्रु चढाउन दिने निर्णय गरेको सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले बताउनुभयो ।
पूरै सिटमा यात्रु चढाउन दिने निर्णयसँगै अब सार्वजनिक गाडीले भाडा पनि पुरानै दरमा लिनुपर्नेछ । त्यस्तै कोरोना सङ्क्रमण फैलन नदिन स्वास्थ्य मापदण्ड भने अनिवार्य पालना गर्नुपर्ने छ ।
यसअघि सार्वजनिक गाडीमा आधा सिट क्षमतामा मात्र यात्रु राखेर ५० प्रतिशतसम्म बढी भाडा लिन मिल्ने निर्णय गरेको भए पनि थोरैले मात्र कार्यान्वयन गरेको थियो ।

