Monday, April 20News That Matters

सालको काठसहित ४ जना पक्राउ

भदौ ८ गते ।

सालको गोलीया सहित गोर्खाको हर्मी भञ्ज्याङबाट चार जना पक्राउ परेका छन् । सिरानचोक गाउँपालिका – ३ को हर्मी भञ्ज्याङबाट ट्याक्टरमा अवैध रुपमा काठ ओसारपसर गर्दै गर्दा आईतबार प्रहरीले पक्राउ गरेका हुन् ।

ग १ त ३७२६ नम्बरको ट्याक्टर र ना १९ प ६२०९ नम्बरको मोटरसाईकललाई पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पालुङटार नगरपालिका –१ निबासी सुन्दर लामा, मती घले, अर्पित गुरुङ र १० नम्बरका अमित लामा पक्राउ परेको प्रहरीले जनाएको छ ।

४९ क्यू फिट सालको काठसहति पक्राउ परेका चारै जनालाई आवश्क अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।