Monday, June 22News That Matters

सास फेर्न गाह्रो भएमा संक्रमितले यी कुराहरु अपनाउनुहोस् ।

पूर्णपुष्टि, बैशाख १७

कोरोनाले श्वासप्रश्वासमा समस्या पार्दै अन्तिममा मान्छेको ज्यान पनि लिन सक्ने भएकाले आफुलाई बलियो बनाउन श्वासप्रश्वासलाई निकै ध्यान दिन जरुरी छ । अस्पतालमा आइसीयू बेड र अक्सिजनको कमीका कारण बिरामीको अवस्था नाजुक छ । यस अवस्थामा स्वास्थ्य अधिकारीले मानिसहरुलाई घरमा नै बसेर उपचार गराउन सल्लाह दिइरहेका छन् ।

डाक्टरले सास फेर्न समस्या हुँदा अस्पताल आइहाल्न आवश्यक नभएको बताइरहेका छन् । यदि अक्सीमिटरमा अक्सिजनको स्तर लगातार ९० भन्दा मुनी देखिएको छ भने मात्रै अस्पताल जान डाक्टरहरुको सल्लाह छ । यसका साथै जसलाई सास फेर्न समस्या भइरहेको छ, उनीहरुले केही विशेष कुरालाई ध्यानमा राख्न आवश्यक छ ।

यी कुराहरुबाट परै रहनुस 

वेबएमडीको एक रिपोर्ट अनुसार शरीरमा अक्सिजनको कमी हुँदा ग्यास स्टोभ, मैनबत्ती, बिजुली वा ग्यास हिटरजस्ता चिजबाट ५ फिट टाढै रहनु पर्ने डाक्टरहरु सुझाउँछन् । यस्ता बस्तुहरु सँग नजिक भएमा आफुलाई नै समस्या हुने जनाएको छ ।

यसैगरी पेन्ट थिनर, एरयोसोल स्प्रे, क्लिनिङ फ्लूडजस्ता फ्लेमेबल प्रोडक्ट्सको पनि फिटिक्कै प्रयोग गर्न नह्ने, पेट्रोलियम, ओयल, ग्रीस बेस्ड क्रिम वा भ्यासलिनजस्ता कुनै पनि उत्पादनलाई छाती वा शरीरको कुनै पनि हिस्सामा लगाउन नहुने रिपोर्टले देखाएको छ ।

अझै यस्ता बेलामा बिर्सेर पनि धुम्रपान गर्नै नहुने र धुम्रपान गर्नेहरुबाट धेरै टाढा बस्नु पर्ने हुन्छ । यसका साथै घरमा प्रयोग हुने केमिकलबाट बनेका बास्नादार अगरबत्ती वा धुपबत्तीको धुँवाको सम्पर्कमा पनि नजिक पर्नु हुँदैन् ।

यी कुराहरु अपनाउनुहोस् ।

सास फेर्न समस्या भएको बेलामा तपाईँहरुले यी कुराहरु  अपनाउने हो भने सहज हुनेछ । यदि तपाईं अक्सिजन कन्सनटेटर्सको प्रयोग गरिरहनुभएको छ भने आफ्नो झ्याल ढोका खोलेर राख्नुहोस् । अक्सिजन कन्सन्टेटर्सले वरिपरीको हावालाई जम्मा गरेर अक्सिजन बनाउँछ । कन्सन्टेटर्सले हावाबाट नाइट्रोजन निकालेर अक्सिजन बनाउने काम गर्छ र त्यसलाई बिरामीसम्म पुर्याउने गर्छ । ताजा हावा पाउँदा कन्सनटेटर्सले आफ्नो काम राम्रोसँग गर्न सक्छ ।

बोटबिरुवा हामी मानिसभन्दा ठिक विपरित हुन्छन् । यसले कार्बन डाइअक्साइड लिएर अक्सिजन उत्सर्जित गर्छ । यदि तपाईं होम क्वारेन्टिनमा हुनुहुन्छ भने आफ्नो कोठामा केही राम्रा इन्डोर प्लान्टको व्यवस्था गर्नुहोस् । यस्तो गर्दा तपाईं स्वच्छ हावाबीच रहनुहुनेछ ।

केही विशेष व्यायामले पनि हाम्रो रेस्पिरेशन एबिलिटीलाई दुरुस्त गर्न मद्दत गर्छ । जतिजति तपाईंको ब्रिदिङ रेट बढ्नेछ तपाईंको फोक्सोमा जाने अक्सिजनको लेभल पनि बढ्दै जान्छ । त्यसैले विज्ञको सल्लाहमा यस्तै व्यायाम नियमित रुपमा गर्नुहोस् ।

यस्तो स्थितिमा शरीरलाई डिहाइड्रेट हुन नदिनुहोस् । पानीको वैज्ञानिक सूत्र ज्द्दइ हो । यहाँ इ को अर्थ अक्सिजन हो । शरी।मा पानीको पर्याप्त मात्राले रगतमा अक्सिजनको कमी हुन दिँदैन ।

दैनिक नियमित रुपमा ध्यान गर्नुहोस् । आफ्नो सासमा ध्यान केन्द्रीत गर्नुहोस् । दिनमा केही मिनेटसम्म लामो सास फेर्दा यसले तपाईंलाई फाइदा पुर्याउँछ । यसो गर्दा शरीरका अंगले राम्रोसँग अक्सिजन पाउँछ नै तनाव पनि कम हुनेछ ।