
पूर्णपुष्टि, चैत १४
दाङमा सिकार खेल्न गएका एक जनाको गोली लागेर मृत्यु भएको छ ।
घोराही उपमहानगरपालिका–१३ का ५० वर्षीय टेकबहादुर गुरुङको गोली लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घोराही उपमहानगरपालिका–१२ को जंगलमा शुक्रवार राति सिकार खेल्न गएका गुरुङलाई गोली लागी मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनास्थल पुग्न तीन/चार घण्टा पैदल हिँड्नु पर्ने तथा फोन सम्पर्क समेत राम्रोसँग हुन नसकेका कारण घटनाबारे थप विवरणहरू आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
गोली चलाउने व्यक्तिलाई नियन्त्रणमा लिइसकेको प्रहरीले जनाएको छ । गोली चलाउने व्यक्तिको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
