Tuesday, April 21News That Matters

सिन्धुपाल्चोकमा ६२ घर पहिरोको उच्च जोखिममा

पूर्णपुष्टि, भदौ ११

सिन्धुपाल्चोकमा ६२ घर पहिरोको उच्च जोखिममा परेका छन् । सुनकोशी गाउँपालिका–६ मा गएको पहिरोमा ६२ घर परिवार जोखिममा परेका हुन्् ।

पहिरोले सुनकोशीका सुन्दरडाँडा, धुसेनी र पाखरदोभानका घरहरु पहिरोको जोखिममा परेका हुन् । पहिरो निरन्तर झरिरहेकाले सुन्दरडाँडा बस्ती जोखिममा परेको पालिकाले जनाएको छ ।

पहिरो मुनी धुसेनी गाउँ छ भने पहिरोमाथि सुन्दरडाँडा गाउँ छ । सुन्दरडाँडाका २३, धुसेनीका ३२ र पाखरदोभानका ७ घर जोखिममा परेको जनाएको छ । बस्ती जोखिममा परेपछि स्थानीयवासीलाई सुरक्षित हुन वडा र गाउँपालिकाले अनुरोध गरेको छ ।

अहिले तत्कालका लागि स्थानीयवासीलाई १५ थान त्रिपाल उपलब्ध गराइएको छ । गाउँका सबै घर छाडेर सुरक्षित मैदानमा गएर बसेका छन् । गाउँ नै पुरिने र बगाउने अवस्थामा रहेको जनाइएको छ ।