Tuesday, June 9News That Matters

सिन्धुली वस दुर्घटना : मृतक ६ मध्ये तिनको सनाखत, एकजना उदयपुरको

पूर्णपुष्टि, फागुन २८ । ओखलढुँगा बाट काठमाण्डौँ तर्फ हिडेको बस दुर्घटनामा परी उदयपुरकी कुमारी मगरको पनि ज्यान गएको छ । आईतबार सिन्धुलीको फिक्कल गाउँपालिका–४ कुहिभीरमा बस दुर्घटनामा परी ६ जनाले ज्यान गमाएका थिए । ज्यान गुमाएका छमध्ये तीन जनाको सनाखत भएको छ । उक्त दुर्घटनामा तीन महिला र तीन पुरुषको मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालकाअनुसार दुर्घटनामा ज्यान गुमाउनेमा ओखलढुङगाको सिद्धिचरण नगरपालिका(३ का ३२ वर्षीय पेशल भुजेल, मानेभञ्ज्याङ गाउँपालिका–६ का २४ वर्षीय देवबहादुर सार्की र उदयपुरको कटारी नगरपालिका–२ का ३४ वर्षीया कुमारी मगर रहेका छन् । अन्य मृतकको सनाखत हुन सकेको छैन । ओखलढुङ्गाबाट काठमाडौँ जाँदै गरेको बा२ख ६५९६ नम्बरको बस आज बिहान दुर्घटना भएको हो । बसमा चालकसहित ३६ यात्रु सवार थिए । सोह्र घाइतेलाई उपचारका लागि काठमाडौं लगिएको सिलवालले जानकारी दिए ।