
पूर्णपुष्टि, असार ७
नेपालमा वैदेशिक रोजगारको समस्याले ठुलो असर गरेको तथ्याङकले देखाएको छ । प्रत्येक बर्ष करिब ४ लाख ५० हजार मानिसले नेपालमा रोजगारी खोजीरहेको अवस्थामा त्यो उपयुक्त नभएको अवस्था छ । नेपाल सरकार, करार र संघसंस्थाको आवेदनमा करिब ५० हजार मानिसहरुलाई रोजगार दिन सकिने भएता पनि बाँकी ४ लाख भने रोजगार बिहिन अवस्थामा पुग्ने एक तथ्याँङकले देखाउँछ । सुरक्षित आप्रवासन परियोजना (सामी) ले नेपालमा प्रत्येक बर्ष बेरोजगारीको संख्याले चुनौती थप्दै आएको देखाएको छ । यसरी बर्षिक रुपमा नेपाल सरकार निजी लगायतले ५० हाजर भन्दा बढीलाई रोजगार दिन नसक्ने स्थितिकै कारण बर्षेनी रोजगारीका शिलशिलामा बाँकी ४ लाख युवायुतिहरुको गन्तव्य भने बैदेशिक रोजगारमा जोडिन्छन् ।
आफ्नो देशमा रोजगार नपाएको विडम्वनाले बैदेशिक रोजगारमा जाने युवायुतिहरु पनि अव्यवस्थित वैदेशिक यात्राका कारण ठुलो समस्यामा पर्ने गर्छन् । नेपालमा बैदेशिक रोजगार एक ठुलो कमाउँ धन्दा र धेरै समस्याको रुपमा चल्दै आएको छ । यहाँ धेरै बिदेशीने युवाहरुकै घुँईचोका कारण मेनपावर, व्यक्ति र आफन्त बाटै ठगिने ठुलो समस्या रहेको उक्त परियोजनाको तथ्याङकमा उल्लेख गरिएको छ ।

यी बिभिन्न समस्याहरुले झेल्दा झेल्दै पनि युवाहरु विदेशीन तयार हुनु पर्ने बाध्यता छ । यसरी विदेशीनु पर्ने अवस्थानै आए पनि कसरी बिदेशीनु पर्ने हो, युवाहरुलाई पत्तै छैन । अन्जानमा हचुवामा विदेश हिड्ने युवाहरु जाहीँताहीँ छ । यसरी लापर्वाही हिसावले विदेशीनु जोखिम रहेको सामि परियोजनाको अन्तरक्रिाय कार्यक्रमले प्रष्टाएको छ । विदेशीनु भन्दा पहिले त्यहाँको रहन सहन, भाषा, नितिनियम र मुख्यतया सिप सिक्नु पर्ने सुरक्षित आप्रवासन परियोजना (सामि) त्रियुगा नगरपालिकाले जनाएको छ । मंगलबार सुरक्षित आप्रवासन सम्बन्धि पत्रकारहरु सँगको अन्तरक्रिया छलफलमा युवाहरु सिप विनै विदेशीनु ठुलो समस्या रहेको परियोजनाका सदस्य सचिव विश्वराज राईले जनाए ।
उनले विदेशीनु भन्दा पहिले सिप सिके त्यस ठाउँमा गएर काम गर्न सजिलो हुने जनाए । आखिर नेपालीहरु त्यहाँ कामनै गर्न जाने भैसकेपछि त पहिला काम नै जान्नु पर्ने हुन्छ । त्यसैले विदेश जानु भन्दा पहिले सिप अनिवार्य रहेको राईको भनाई छ । राईले यसरी अव्यवस्थित विदेश जानुका कारण नेपालमा यसको ठुलो समस्याको रुप देखिएको छ । हचुवाको भरमा बिदेश जाने मानिसहरुले जेलनेल भोग्नु पर्ने, तलव विहिन, हत्याको सिकार जस्ता समस्या अत्यादिक रहेको राईको भनाई छ । यहाँ कुनै व्यवस्थित विनै विदेश पुग्दा त्यहाँ अलपत्र परिनुका साथै रेमिट्यान्सहरुमा समेत असर पर्ने जनाईएको छ । त्यसका लागि कम्पनी बित्तिय क्षेत्र र कामलाई ध्यानमा राख्नु पर्ने अवस्था छ ।

यस्तैगरी परियोजनाकी कार्यक्रम संयोजक जयन्तीकला तामाङले २०७७/०७८ मा ४१११ जना बिदेश गएको मध्य जम्मा १६ प्रतिशतले मात्र सिप सिकेर बिदेश हानिएको जनाए । यस्तो अवस्थामा सिप सिकेर जाने युवाहरु उदयपुरमा पनि अत्यादिक कम रहेको जनाए । युवाहरु सहि हिसावले बिदेश गएमा नेपालमा यसको समस्या निकै न्युन हुने तामाङको भनाई छ । व्यवस्थित वैदेशिक रोजगारले राम्रो कमाईको साथै रेमिट्यान्समा ठुलो मदत उनले जनाईन् । उदयपुरमा बार्षिक १ अरब १५ करोड रुपयाँ समेत रेमिट्यान्स भित्रिएको तथ्याङकले देखाएको छ । यसरी अत्यादिक रुपमा आएको रेमिट्यासको उपभोग भने ७८ प्रतिसत घर खर्चमै सिमित छन् । बाँकी सामान्य रुपमा बचत, घर निर्माण, जगगा खरिद जस्ता कार्य छन् भने व्यपार व्यवसाय सुन्य नै देखिएको उल्लेख छ । यसरी बचत र व्यवसायमा खर्च नभए कमाको कुनै अर्थ नरहने र सँधै वैदेशिक रोजगारमै सिमित हुनु पर्ने अवस्था सिर्जना हुने उल्लेख गरिएको छ । तामाङका अनुसार यस परियोजनाले, सिप तथा तालिम, मनोपरामर्श, सूचनाको पहुँच, ठगिको बिषय स्थानीय स्तरमै उठान जस्ता कामहरु गर्ने जनाईन् ।
