Wednesday, May 20News That Matters

सिमाबर्ती क्षेत्रबाट प्रहरीद्धारा ४ लाख भन्दा बढिको अबैध सामान बरामद

पूर्णपुष्टि, माघ १६ गते । झापा र मोरङको छुट्टा छुट्टै स्थानबाट भन्सार छली गरी नेपाल भित्राउदै गरको अवैध सामानहरु प्रहरीले बरामद गरेको छ । सिमावर्ती एरिया इलाकाहरुमा खटिएको प्रहरी गस्ती टोलीले भन्सार छली चोरी अबैधरुपमा नेपाल भित्र्याउदै गरेको बिभिन्न प्रकारको सामानहरु बरामद गरेको छ ।

प्रहरीद्धारा खाधान्नका सामग्री, मोटरपार्स, जुत्ता चप्प्ल, लत्ताकपडा तथा माछा लगायतका सामानहरु बरामद भएको छ । बरामद गरिएका सामानको मुल्य करिव ४ लाख २७ हजार रहेको प्रहरीले जनाएको छ । बरामद गरेका सामानहरु आवश्यक कारवाहीको लागि सम्वन्धित भन्सार कार्यालयमा बुझाईएको छ ।