Wednesday, June 3News That Matters

सिमेन्ट यद्योगमा कार्यरत एक मदजुरको फित्तामा बेरिएर मृत्यु

पूर्णपुष्टि, चैत ३ ।
शिवम् सिमेन्ट उद्योगमा कार्यरत एक जना मजदुरको फित्तामा बेरिएर ज्यान गएको छ । हेटौंडा उपमहानगरपालिका–१६ हटिया स्थित उद्योगमा काम गर्ने क्रममा मेसिनको फित्तामा बेरिएर भारतीय मुलुकका अन्दाजी १८÷२० वर्षीय रकिव अख्तरको ज्यान गएको हो ।
युवक विहिबार बिहान सिमेन्ट उद्योगको रोलर सफा गर्ने क्रममा मेसिनमा परेर घाइते भएका थिए । घाइते युवकको हेटौंडा अस्पतालमा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक राजकुमार सापकोटाले बताए ।
घटनास्थलको प्रक्रिया सकेर शवलाई पोस्टमार्टमको लागि हेटौंडा अस्पताल ल्याइने सापकोटाको भनाई छ ।