Monday, June 22News That Matters

सिलौटो प्रहार गरी श्रीमतीको हत्या

पूर्णपुष्टि,वैशाख २७

सिलौटौ प्रहार गरी एक पुरुषले आफ्नै श्रीमतीको हत्या गरेका छन् । र्सलाहीको लालबन्दी नगरपालिका–२ नवलपुर पुनर्वास घर भई हरिवन नगरपालिका–११ स्थित रामबली साहको घरमा डेरा लिई बस्दै आएका ३५ वर्षीय विजयलाल कर्णले ३२ वर्षीया श्रीमती उषा देवी कर्णको हत्या गरेका हुन् ।

हिजो राती घरायसी विवादका कारण मसला पिस्ने सिलौटोले टाउकोमा प्रहार गरी विजयलालले श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । सिलौटो प्रहारबाट उषाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

श्रीमतीको हत्या गर्ने कर्णलाई नियन्त्रणमा लिई थप अनुसन्धान अगाडी बढाइएको प्रहरीले जनाएको छ ।