Monday, May 4News That Matters

सीता दाहालको आजै अन्त्येष्टि गरिने

पूर्णपुष्टि,असार २७ । प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहालको अन्त्येष्टि आजै गरिने भएको छ । बुधबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएकी दाहालको अन्तिम संस्कार आजै दिउँसो २ बजे पशुपति आर्यघाटमा गरिने सचिवालयले जनाएको छ ।

गम्भीर प्रकारको पार्किन्सन्सबाट गुज्रिइरहेकी उनको बिहान एक्कासी शरीरमा अक्सिजनको मात्रा घटेको थियो । तुरुन्तै अस्पताल पुर्‍याएकी उनको निधन भएको अस्पतालले जानकारी दिएको हो ।

यसअघि अमेरिका, भारतको मुम्बई र सिंगापुरमा उपचार गर्दा पनि उनको रोग निको भएको थिएन सीता दाहाल नेकपा माओवादी केन्द्रकी सल्लाहकारसमेत थिइन् । लामो समयदेखि वंशाणुगत पार्किन्सनजस्तो देखिने रोगबाट पीडित सीताको स्वास्थ्य अवस्था जटिल भएपछि उनलाई बुधबार बिहान नर्भिक अस्पताल लगिएको थियो ।