Monday, June 29News That Matters

सुकुम्वासीहरुको नितिगत समस्या बारे गाईघाटमा जिल्ला अगुवा कार्यकर्ता भेला तथा छललफल

पूर्णपुष्टि, फागुन २१

उदयपुरमा नितिगत कुराहरुको झमेलाले सुकुम्वासीहरुलाई अल्मलायको भन्दै जिल्लाभरी रहेको अगुवा सुकुम्वासी कार्यकर्ताहरु भेला भएको छ । जिल्ला भुमि अधिकार मञ्च  उदयपुरको आयोजनामा अगुवा सुकुम्वासीहरुलाई उपस्थिति गराई नितिगत बिषयमा प्रष्ट पारिएको छ ।

राष्ट्रिय भुमि अधिकार मञ्च नेपालका माहासचिव वल बहादुर तामाङ र सामुदायीक आत्मानिर्भर सेवा केन्द्रका प्रतिनिधि विनोद गौतमले नितिगत बारे सुकुम्वासीहरुलाई प्रष्ट पार्नु भएको छ । कार्यक्रममा उहाँहरुले सुकुम्वासी व्यवस्थाहरु बारे जानकारी गराउँदै आयोगले आफुहरु सँग भएको पूर्ण नितिको पाठ अगुवा सुकुम्वासीहरु सामु प्रष्ट पारेको छ । आयोगको नितिमा भएको कुराहरु प्रष्ट पार्दै उदयपुरभरी नै लालपुर्जाको लागि सुकुम्वासीहरुको जग्गा प्रक्रियामा तत्काल सम्बन्धित निकाय तथा स्थानीय सरकारले पहल गर्नु पर्ने बताउनुभयो । उहाँहरुले आयोग सँग २ ओटा सुकुम्वासी र अव्यवस्थीतको फर्महरु रहेको जानकारी दिनुभयो । फर्म भर्न आवश्यक प्रक्रिया बारे सुकुम्वासहीहरुलाई नितिगत कुरा प्रस्ट नहुदा उनिहरु मारमा परेको भन्दै यसबारे प्रष्ट हुनु पर्ने जनाउनुभयो ।

अव्यवस्थित बसोबासीले सहरी क्षेत्रमा १ सय ३० बर्ग मिटर सम्म जमिन पाउन सक्ने निति छ भने यस क्षेत्र बाहेक अन्य क्षेत्रमा भने १ हजार वर्गमिटर करिब ३ कठ्डा अतर्थात २ रोपनी सम्म पाउने निति रहेको छ ।

सुकुम्वासी समस्या समाधान आयोगक उदयपुरका अध्यक्ष गोपाल खत्रीले सबैको साथ मिले असार मसान्त सम्म सुकुम्वासीहरुका लागि लालपुर्जा वितरणको प्रक्रिया अघि बढाईसक्ने बताउनुभयो ।

उहाँले त्यस्का लागि कुनै क्षेत्रबाट आफुहरुलाई सहयोग पुग्नु पर्ने बताउनुभयो । अध्यक्ष खत्रिले प्रक्रियाको लागि डाटा संकलन , निति लागु गर्ने, नाप नक्सा लगायत प्रक्रियाको सम्पूर्ण काम गर्ने बताउनुभयो ।  खत्रीले जिल्लाको अन्य नगरपालिकाहरुमा प्रक्रियाको काम भईरहेको भएपनि त्रियुगा नगरपालिकामा भने अझै हुन नसकेको बताउनुभयो । उहाँले यसका लागि सम्पूर्ण अगुवा सुकुम्वासीहरुले नगरपालिका तथा स्थानीइ सरकारलाई तत्काल काम गर्न लागउनु पर्ने बताउनुभयो ।

काम ढिलाई भएको भन्दै त्रियुगा नगरपालिकामा अगुवा सुकुम्वासीहरु भेला भई डेलिकेसन जाने बताएको छ । उनिहरुले कार्यक्रममा यसको प्रक्रिया ढिलाई भएको गुणासो राखेको छ । आफुहरु गएर नगरपालिकामा यसबारे कुरा राख्दा काम गर्ने आश्वासन मात्र दिएको तर काम नगरेको उनिहरुको भनाई छ । प्रदेश संसद अम्बिका थापाले स्थानीय तहबाट यो काम नभए प्रदेशमा निवेदन दिन अनुरोध गर्नुभएको छ । थापाले सुकुम्वासी समस्या प्रक्रियाको लागि कुनै पनि दल, पार्टी नेता तथा जनप्रतिनिधिहरुले अबरोध नगर्न अनुरोध गर्नुभएको छ । उहाँले सुकुम्वासीहरुको जग्गा दर्ता गराउने काममा कसैको पनि राजनिति नहोस भन्दै तत्काल जग्गाको लालपुर्जा पाउन सबै सुकुम्वासीहरुलाई सुभकामना समेत व्यक्त गर्नुभयो ।

करिब १ सय २० जना अगुवा कार्यकर्ताहरुको सहभागीमा शुक्रबार जिल्ला समन्वय समिति उदयपुरको हलमा कार्यक्रम गरिएको भुमि अधिकार मञ्चका कार्यलय सचिव सन्तोषी बि.क. ले बताउनुभयो ।