
पूर्णपुष्टि,चैत्र २२ । बिस्केट जात्रामा मनाइने थिमी बोडेको प्रसिद्ध जिब्रो छेड्ने जात्रामा २७ वर्षीय सजन बाग श्रेष्ठले जिब्रो छेडोएर जात्रालाई निरन्तरता दिने भएको छ । चैत मसान्तको दिन बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गो उठाएपछि जिब्रो छेड्ने व्यक्तिले निराहार ब्रत बसेर जिब्रो छेडी महादीप बोकी टोल–टोल घुम्ने चलन छ।
जात्रामा जिब्रो छेड्ने स्थानीय श्रेष्ठ थरको पुरुष हुनुपर्ने परम्परा छ। यही परम्पराअनुसार यस वर्ष सुजनले जिब्रो छेडेर जात्रालाई निरन्तरता दिन लागेका हुन् । सुजन नौपटक जिब्रो छेडेका बुद्धकृष्ण बाग श्रेष्ठका कान्छा छोरा हुन्।
जात्राको हालसम्मको तथ्यांकअनुसार १२ जनाले १०६ वर्ष जिब्रो छेडाएको इतिहास छ।
