
पूर्णपुष्टि, असार ९
सुदूरपश्चिम प्रदेशको ४० हजार भन्दा बढी हेक्टर क्षेत्रफलमा धान रोपाइँ भईसकेको छ । समयमै मनसुन भित्रिएकाले असारको पहिलो हप्तासम्म ४० हजार २ सय ४४ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको हो ।
सुदूरपश्चिमको ९ जिल्लामा १ लाख ८१ हजार ६ सय चार हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ । उक्त क्षेत्रफलको ४० हजार २ सय ४४ हेक्टर अर्थात २२ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको कृषि निर्देशनालय दिपायलले जनाएको छ ।
गत वर्ष असार १५ गतेसम्म २२ प्रतिशत मात्रै रोपाइँ भएको थियो । यसपाली समयमै पानी परेकाले कृषकहरुलाई राहत हिलेको छ । आकासे पानीको भरमा रोपाई हुने ठाउँहरुमा पनि रोपाइँ भएको जनाईएको छ ।
यस वर्ष चाँडो पानी परेकाले रोपाइँ सुरु गर्न सहज भएको छ । सिँचाई सुविधा पनि विस्तार भएकोले किसानलाई आकाशे पानीको भर पर्नु पर्ने खेत पनि कम हुँदै गएको जनाईएको छ ।
