Thursday, August 6News That Matters

सुदूरपश्चिममा थप ६ जनामा कोरोना पुष्टि

पूर्णपुष्टि, जेठ २३ गते । 

आज सुदूरपश्चिम प्रदेशमा थप ६ जनामा कोरोना पुष्टि भएको छ । धनगढी कोरोना परीक्षण प्रयोगशालामा गरिएको परिक्षणमा थप ६ जनामा कोरोना पुष्टि भएको हो ।

डडेल्धुराका ५ र कैलालीका १ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ । योसँगै सुदूरपश्चिमउ प्रदेशमा संक्रमितको सङख्या ९२ पुगेको छ ।

उक्त संक्रमित मध्ये ७ जना उपचारपछि डिस्चार्ज भएका छन् भने १ जनाको मृत्यु भएको जनाईएको छ ।