Tuesday, April 21News That Matters

सुन चाँदीको मूल्यमा गिरावट

पूर्णपुष्टि, साउन २६ गते ।
आज सुन चाँदीको मूल्यमा गिरावट भएको छ । सुनको मूल्य तोलामा ५ सय रुपैयाँले गिराबट भएको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको मूल्य तोलामा ९६ हजार ६०० र तेजावी सुन ९६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार १ सय र तेजाबी सुन ९६ हजार ६०० रुपैयाँमा किनबेच भएको महासंघले जनाएको छ ।
यता, चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले घटेर १ हजार २२५ मा कारोबार भइरहेको छ ।