
पूर्णपुष्टि, मंसिर १
सुनको कछुवा सहित चार जना लाई काठमाडौं महानगरीय प्रहरी वृत्त कालिमाटीले पक्राउ गरेको छ । पक्राउ पर्नेमाहरुमा काठमाडौं महानगरपालिका–१६ बालाजु बस्ने ४४ वर्षीय सञ्जय तामाङ सहित चार जना रहेका छन् ।
काठमाडौं महानगरपालिका–१३ सोल्टी दोबाटोबाट शनिबार साँझ १ थान सुनको कछुवा र नगद ३६ हजार ६ सय ५५ रुपैयाँ सहित चार जनालाइ प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका चारै जनाको थप अनुसन्धान भईरहेको महानगरीय प्रहरी वृत्त कालिमाटीले जनाएको छ ।
