
पूर्णपुष्टि,वैशाख १०
गोरखामा सुनमा गहनासहित नगद चोरी गरी फरार भएका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । सिरानचोक गाउँपालिका–१ घर भएको २१ वर्षीय सुकबहादुर कुँवरलाई पक्राउ गरिएको हो ।
गोरखा नगरपालिका–५ बजार क्षेत्रस्थित मार्गदर्शन टोलका अमृतबहादुर घर्तीको कोठाबाट नगद रु एक लाख र करिब एक तोला सुन चोरी गरी भागेका कुँवरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
कुँवरले गत बुधबार घर्तीको कोठमा पसी दराज फोडेर नगद र गरगहना चोरी गरी भागेका थिए ।
घटनाको जानकारी पाएलगत्तै अनुसन्धान अघि बढाएको प्रहरीले कुँवरलाई घरबाट नै पक्राउ गरेको थियो । उनबाट चोरी गरेका नगद रु ४७ हजार तीन सय १० रुपैयाँ समेत बरामद गरेको प्रहरीले जनाएको छ ।

