Tuesday, April 21News That Matters

सुनको भाउ आकाशीयो

पुस १८ गते । 

सुनको भाउ बढेर अहिलेसम्मकै सवै भन्दा महंगो बनेको छ । शुक्रबार तोलाको ७४ हजार पाँच सय रुपैयाँ पुगेको हो ।

एकैदिन तोलामा एक हजार रुपैयाँ बढेर तोलाको ७४ हजार पाँच सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अमेरिका र इरानबीच तनाव बढिरहेकाले सुनको भाउ अझै बढ्ने महासङ्घले जनाएको छ ।

यसअघि गएको भदौ १८ गते सुनको भाउ तोलाको ७३ हजार पाँच सय रुपैयाँ पुगेको थियो । त्यसयता घटेर तोलाको ७० हजार रुपैयाँसम्म झरेको थियो ।

आज पनि चाँदीको भाउ जस्ताको तस्तै रहेको छ । आज चाँदी  तोलाको नौ सय रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।