Friday, May 22News That Matters

सुनको भाउ घट्यो

पूर्णपुष्टि, भदौ १

आज सुनचाँदीको भाउ घटेको छ । तोलामा २ सय रुपैयाँ घटेर सुन तोलाको ९८ हजार २ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको भाउ पनि आज तोलामा १० रुपैयाँ घटेर तोलाको १३ सय १५ रुपैयाँ निर्धारण गरिएको महासङ्घले जनाएको छ ।