
पूर्णपुष्टि, फागुन २८
आज सुनको भाउ आज घटेको छ । सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेर ८६ हजार २ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो बिहीवार भाउ बढेर तोलामा ८६ हजार ८ सय रुपैयाँमा पुगेकोमा आज फेरि ६ सय रुपैयाँले घटेको हो ।
त्यस्तै आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेको छ । चाँदी तोलाको १२ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
