
पूर्णपुष्टि, फागुन १४ गते ।
आज सुनको भाउ घटेको छ । बुधबार सुन तोलाको पाँच सय रुपैयाँले घटेको हो ।
सुन घटेर तोलाको ७९ हजार पाँच सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
चाँदी तोलाको २० रुपैयाँ घटेर तोलाको ९ सय पाँच रुपैयाँमा कारोबार भइरहेको संघले जनाएको छ ।
