Friday, May 22News That Matters

सुनको भाउ फेरि बढ्यो

पूर्णपुष्टि, साउन २९

आज सुनको भाउ बढेको छ । सुन तोलामा २ हजार ४ सय रुपैयाँ बढेर तोलाको ९७ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो एकैदिन तोलामा ६ हजार २ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ९५ हजार ४ सय रुपैयाँमा झरेको थियो ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा ८५ रुपैयाँ बढेर तोलाको एक हजार २ सय ९५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।