
पूर्णपुष्टि,वैशाख १०
आज सुनको भाउमा गिरावट भएको छ । आज सुन तोलामा पाँच सय रुपैयाँले घटेको हो । हिजो तोलामा ९२ हजार दुई सय रुपैयाँ रहेको सुनको भाउ आज पाँच सय रुपैयाँले घटेर ९१ हजार सात रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी आज चाँदीको भाउमा पनि गिरावट आएको छ । आज चाँदी तोलामा १५ रुपैयाँले घटेको महासंघले जनाएको छ । हिजो तोलामा १३ सय ३५ रुपैयाँ रहेको चाँदी आज १३ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

