Friday, May 15News That Matters

सुनको भाउमा भारी गिरावट

पूर्णपुष्टि, पुष २०
सुनको भाउमा आज भारी गिरावट भएको छ । सुन आज तोलामा ९ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।
हिजो तोलामा ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ मंगलबार ९ सय रुपैयाँले घटेर ९२ हजार २ सय रुपैयाँ पुगेको हो ।
त्यसैगरी चाँदीको भाउ पनि घटेको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदी आज १ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।