
कात्तिक ३ गते ।
आईतबार सुनको मुल्यमा प्रतितोला दुई सय घटेको छ । तोलामा दुई सय रुपैया घटेर प्रतितोला ७० हजार चार सय रुपियाँमा कारोबार भएको हो ।
शुक्रबार प्रतितोला ७० हजार छ सय रुपियाँमा कारोबार भएको सुन आज दुई सय घटेर ७० हजार चार सय रुपियाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको प्रतितोला ८ सय ५० रुपियाँमा कारोबार भएको छ । शुक्रबार पनि चाँदीको मूल्य प्रतितोला ८ सय ५० रुपियाँमा नै कारोबार भएको थियो ।
