
पूर्णपुष्टि, असोज २७
आज सुनचाँदीको भाउ घटेको छ ।
सुन तोलामा ५ सय रुपैयाँ घटेर तोलाको ९५ हजार १ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो स्थिर रहँदै सुनको भाउ तोलाको ९५ हजार ६ सय रुपैयाँ थियो ।
त्यस्तै चाँदी तोलामा २० रुपैयाँ घटेर तोलाको १२ सय २५ रुपैयाँमा झरेको छ ।

