
पूर्णपुष्टि, कार्तिक १७
लक्ष्मीपूजाको एक दिन अगाडी सुनचाँदीको मूल्यमा गिरावट आएको छ । आज सुनको मूल्यमा प्रतितोला ५ सय रुपैयाँले सस्तिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो ९२ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य ९१ हजार ५ सय रुपैयाँमा झरेको छ ।
त्यसैगरी, चाँदीको मूल्यमा पनि गिरावट आएको छ । चाँदी तोलामा २५ रुपैयाँले सस्तिएको छ । चाँदीको प्रतितोला कारोबार मूल्य आज एक हजार २ सय २५ रुपैयाँ तोकिएको छ । हिजो एक हजार २ सय ५० रुपैयाँ तोलामा चाँदीको कारोबार भएको महासंघले जनाएको छ ।
