Sunday, May 31News That Matters

सुनसरीमा सवरी दुर्घटना : चालकको मृत्यु

पूर्णपुष्टि, पुष २८

सुनसरीको रामधुनी नगरपालिका–७ स्थितमा ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी रामधुनी–७ का २५ बर्षीय उमेश चौधरी रहेका छन ।

हिजो बेलुका पौने ४ बजे सेउती खोलामा को २ त ७६०४ नम्वरको ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना हुदा इन्जिनको भागले किचि गम्भिर घाईते भएका थिए । घाईते चौधरीको उपचारको क्रममा धरान घोपामा मृत्यु भएको प्रहरीले जनाएको छ । घटना सम्वन्धमा इलाका प्रहरी कार्यालय पकलीबाट थप अनुसन्धान भईरहको छ ।