
बैशाख ११
आज सेतो मच्छिन्द्रनाथको रथयात्रा सकिँदैछ ।
मच्छिन्द्रनाथलाई लगनमा रहेको रथबाट निकालेर खटमा राखेर सिन्दुर जात्रासहित जनबहालमा रहेको सेतो मच्छिन्द्रनाथको मन्दिरमा नै फिर्ता लगेपछि रथयात्रा सकिने चलन रहि आएको छ ।
आज मूर्तिलाई खतमा राखेर लगनबाट दलाछि, भीमसेनस्थान, मरु हुँदै जनबहालमा रहेको मन्दिरमा लगिनेछ । गत ७ गते जमलको तीनधारा पाठशालाबाट रथ तानेर सुरु भएको जात्रा लगन टोलबाट जनबहालमा मूर्तिलाई फिर्ता लगिएपछि सकिने गर्दछ ।
गत वर्ष कोरोना महामारीबाट बच्न लकडाउन जारी गरिएपछि सेतो मच्छिन्द्रनाथको रथयात्रा रोकिएको थियो । त्यसैले रथयात्रालाई क्षमा पूजामा मात्र सीमित गरिएको थियो । यसवर्ष स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर रथजात्रा सञ्चालन गरिएको हो ।
सेतो मच्छिन्द्रनाथको विधिपूर्वक पूजाआजा गरे देशमा सहकाल आउँछ भन्ने मान्यता रहि आएको छ ।
