
पूर्णपुष्टि, असार ४
मोरङमा सेल्फी खिच्दा हात्तीको आक्रमणमा परी एकजना पुरुषको ज्यान गएको छ । सुनवर्षी नगरपालिका–८ कुरेली स्थितमा सोही स्थान का २१ वर्षीय मनोहर मियाको हात्तीको आक्रमणमा परी ज्यान गएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
आज बिहान सँवा ७ बजे भारतबाट नेपाल प्रबेश गरेको १ वटा जंगली हात्तीले आक्रमण गरेको थियो । मिया हात्तीको नजिकै गएर सेल्फि खिच्ने क्रममा हात्तीको आक्रमणमा परी घाईते भएका थिए । घाईते मियाको बिहान सँवा ८ बजे न्युरो अस्पताल विराटनगरमा पु¥याउन साथ ज्यान गएको हो । हात्ती अहिले रतुवामाई तर्फ गएको छ प्रहरीले जनाएको छ ।
