
पूर्णपुष्टि,कार्तिक १२
कैलालीको सोयाबि उद्योगमा आज बिहान विद्युत् चुहिई आगलागी भएको छ । टीकापुर नगरपालिका–३ शंकरपुरस्थित रहेको उद्योगमा आगलागी हुदा करीब चार करोड बराबरको क्षति भएको प्रहरीको अनुमान छ ।

इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार गत वर्ष स्थापित उद्योगमा आगलागी हुँदा कारखानाका संरचना र गोदाममा क्षति पुगेको सञ्चालक छ । आगलागीको खबर पाएलगतै नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी र टीकापुर नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

