Tuesday, July 7News That Matters

सोलुखुम्बुमा तरकारी खेती गर्नेलाई अनुदानमा प्लाष्टिक टनेल

पूर्णपुष्टि, पुष १३ । सोलखुम्बुको नेचासल्यान गाउँपालिकाले तरकारी खेती गर्ने किसानको लागि अनुदानमा प्लाष्टिक टनेल दिने भएको छ । गाउँपालिकाले सोमबार एक सूचना जारी गर्दै ईच्छुक किसानहरुलाई प्लाष्टिक टनेलमा ५० प्रतिशत अनुदान दिने जनाएको हो । उक्त गाउँपालिकाले आगामी दिनहरुमा नयाँ आलु पकेट विकास कार्यक्रम र एक वडा एक उत्पादन जस्ता कार्यक्रम संञ्चालन गर्दै आएको छ ।

अनुदान तथा उत्पादनको कार्यमा सहभागि हुन चाहने इच्छुक कृषक, कृषक समुह तथा फर्म, कृषक सहकारीलाई सूचनामा आधारित तोकिएको कागजात सहित सूचना जारी भएको एक हप्ताभित्र गाउँपालिकामा उपस्थित हुन पालिकाको अनुरोध छ ।