Tuesday, July 7News That Matters

सोलुखुम्बुमा मूल्यसूची नहुँदा उपभोक्ता ठगिंदै उपभोक्ता

पूर्णपुष्टि,पुष ३० । पछिल्लो समयमा सोलुखुम्बु आसपासको क्षेत्रहरुमा संञ्चालित अधिकांश होटल, पसलहरुमा मूलयसूची नहुँदा स्थानीयहरु ठगिने सम्भावना बढेको छ । जिल्लामा मूल्यसूचीबिना नै पसलहरुले आफुखुसी समाग्रीहरु बिक्री गर्दा त्यस क्षेत्रका स्थानीय उपभोक्ताहरु ठगिने क्रम बढेको पाईएको हो ।

उद्योग वाणिज्य संघ सोलुखुम्बुले मुल्य सुची निर्धारण गरी सबै साना उधोग, खाद्य स्टोर, किराना पसल, फेन्सी तथा कपडा पसल र होटलहरुमा वितरण गर्नुपर्ने भए पनि जिल्लामा उद्योग वाणिज्य संघ निस्कृय हुँदा लामो समयदेखि मुल्य सुची कायम गर्न नसकिएको हो । उभोक्ता हित संरक्षण ऐन व्यवस्था भए पनि यहाँका अधिकांश होटल पसलहरुमा मुल्य सुची नहुँदा व्यापारीहरुले मनोमानी मूल्य लिने गरेको पाइएको छ । जसले उपभोक्ता हित संरक्षण ऐन नै कुण्ठित भएको उपभोक्ताहरुको गुनासो छ ।

पछिल्लो समय खाद्यन्नदेखि अन्य किराना समाग्रीहरुको मुल्य घटबढ् भइरहे पनि मूल्य सुची कायम गराउने सवालमा उद्योग वाणिज्य संघ निरिह हुँदा उपभोक्ता मारमा परेको छ । जिल्लाको उद्योग वाणिज्य संघ निस्कृय हुँदा आफूहरुले लामो समयदेखि मूल्यसूची कायम गर्न नसकेको संघका सहसचिव महेश खालिङ राईले स्वीकार गरे ।

सदरमुकाम सल्लेरी बजार क्षेत्रका पसलहरुमा समेत बिना मूल्यसूची खाद्यन्न तथा अन्य सामाग्रीहरु बिक्री भइरहेका छ भने ग्रामीण भेगका सबै पसलहरुमा समेत मनोमानी रुपमा सामाग्री बिक्री भइरहेको छ । । जसले गर्दा एउटै सामानको मूल्य पसलपिच्छे फरक पर्न गएको उपभोक्ताको गुनासो छ । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले बजार अनुगमन गर्दा मूल्यसूची जिल्लाको कुनै पनि होटल पसलहमा मुल्य सुची नभएको पाइएपछि तत्काल मूल्यसूची राख्न व्यवसायीहरुलाई निर्देशन दिइएको छ ।

यदि निर्देशनको अवज्ञा गरे उपभोक्ता हित संरक्षण ऐन अनुसार कारबाही गरिने सहयाक प्रमुख जिल्ला अधिकारी सिता अधिकारीले बताइन् । प्रशासन उपभोक्ता हित संरक्षण गराउने सवाललमा निर्मम ढंगले अघि बढेकाले अटेर गर्ने व्यवसायी उपर चुप लागेर नबस्ने चेतावनी समेत दिइएको छ ।